वेस्ट इन्डिज विरुद्धको एकदिवसीय शृंखलामा भारत २–१ ले विजयी

वेस्ट इन्डिज विरुद्धको एकदिवसीय शृंखलामा भारत २–१ ले विजयी

केन्द्रबिन्दु
0
Shares

एजेन्सी २३ असार २०७४ । 

भारतले अन्तिम खेलमा ८ विकेटको शान्दार जित निकाल्दै वेस्ट इन्डिज विरुद्धको ५ एकदिवसीय क्रिकेट शृंखला २–१ ले आफ्नो पक्षमा पारेको छ।

भ्रमणकारी भारतका सिमररहरु चलेको खेलमा टस जितेर पहिलो ब्याटिङ थालेको वेस्ट इन्डिज २ सय छ रनमै समेटियो। कुनै पनि खेलाडीले अर्धशतक समेत बनाउन सकेनन् । केल होपले वेस्ट इन्डिजका लागि सर्वाधिक ४६ रन बनाए।

भारतबाट महोमद्द शामीले ४ तथा उमेश यादवले ३ विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको भारतले ३६ ओभर ५ बलमै लक्ष्य पूरा ग¥यो। विराट कोहलीले अविजित १ सय ११ रन बनाएको खेलमा दिनेश कार्तिकले ५० र अजेण्का रहाणेले ३९ रन बनाए ।

कोहलीले तोडे सचिन तेन्दुलकरको रेकर्ड

विराट कोहली रन मेसिन भनेरै चिनिन्छन् । उनी हत्तपत्त क्रिज छाड्दैनन्। उनले पहिलो इनिङग्स्मा जति उत्कृष्ट खेल्छन्। प्रतिद्न्द्वी विरुद्ध लक्ष्य पछ्याउने क्रममा पनि उति नै उत्कृष्ट खेल्छन्।

भारतीय कप्तान कोहलीले वेस्ट इन्डि विरुद्ध शतक बनाउँदै सचिन तेन्दुलकरको नाममा रहेको लक्ष्य पछ्याउने क्रममा सर्वाधिक शतक प्रहार गर्ने किर्तिमान भंग गरेका छन् । कोहलीले दोस्रो अवसरमा ब्याटिङ गर्ने क्रममा प्रहार गरेको यो २८ औं शतक हो।

यस मामिलामा कोहली र सचिनपछि तेस्रो नम्बरमा श्रीलंकाका दिलकरत्ने दिलसान छन्। उनले दोस्रोपटक ब्याटिङ गरेर ११ शतक बनाएका छन्।

Logo