पाथीभरा गोल्ड कप फुटबल साउन २३ गतेदेखि

पाथीभरा गोल्ड कप फुटबल साउन २३ गतेदेखि

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ, २२ असार । आगामी साउन २३ गतेदेखि पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । 

विसं २०२९ सालदेखि निरन्तर लाखेजात्राको अवसरमा खेलाइदै आएको उक्त प्रतियोगिता साउन २३ गते अर्थात् जनै पूर्णिमादेखि सुरु गर्ने जिल्ला फुटबल सङ्घले जनाएको छ । 

खेल सञ्चालनका लागि सदरमुकामस्थित भानुजन माविको खेलमैदान सम्याउनेलगायत काम भइरहेको छ । आर्थिक व्यवस्थापनलगायत काम पनि तीव्ररुपमा भइरहेको लाखेजात्रा खेल सञ्चालक समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिनुभयो । 

निर्वाचनका कारण समयमै तयारी गर्न नभ्याएको तर प्रतियोगितालाई निरन्तरता दिन छोटो समयमा नै तीव्ररुपमा काम गर्नु परिरहेको उहाँले बताउनुभयो । विगतका वर्षमा जस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, विभागीय टिम, भारत र भुटानलाई पनि उक्त खेलका लागि आमन्त्रित गर्ने तयारी भएको गुरुङको भनाइ छ । 

गोल्डकपको पुरुष विजेता टिमलाई रु एक लाख ५१ हजार, उपविजेतालाई रु एक लाख ११ हजार तथा महिला विजेता टिमलाई रु ५१ हजार र उपविजेतालाई रु ३१ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । रासस 

Logo