नवौं मध्यमाञ्चल राष्ट्रपति रनिङ सिल्डमा चितवन च्याम्पियन

नवौं मध्यमाञ्चल राष्ट्रपति रनिङ सिल्डमा चितवन च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २२ असार ।

चितवनले नवौं मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड जितेको छ । चितवन सर्वाधिक १ सय ७९ अंक जोड्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।

मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा ललितपुर १ सय ६३ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानमा चित्त बझाएको काठमाडौंले १ सय ५९ अंक बटुल्यो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे ।

प्रतियोगिताको अन्तिम दिन बुधबार छात्र भलिबलको उपाधि भक्तपुरले जित्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा भक्तपुरले चितवनलाई २५–२१, १९–२५, २२–२५, २५–१४ र १५–१२ ले पराजित ग¥यो । 

छात्रा भलिबलमा काठमाडौं च्याम्पियन भयो । फाइलनमा काठमाडौंले चितवनलाई नै २५–८, २५–१९ र २५–११ को सोझो सेटमा हरायो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवर, मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा र क्षेत्रीय प्रमुख मोहम्मद ज्याउल इस्लामले एक कार्यक्रममा पुरस्कृत गरे । 

तीन दिने प्रतियोगितामा १८ जिल्लाका १ हजार ४ सय २२ खेलाडी सहभागी थिए । भलिबल, एथलेटिक्स, कबड्डी, कराते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा भएको थियो । त्यसमा भलिबल, एथलेटिक्स र कबड्डीको पदकलाई निश्चित अंक प्रदान गरी टिम च्याम्पियनको घोषणा गरिएको हो ।

Logo