मार्सल आर्टस् एकेडेमी खोल्दै टाइगर श्राफ

मार्सल आर्टस् एकेडेमी खोल्दै टाइगर श्राफ

केन्द्रबिन्दु
0
Shares

एजेन्सी २२ असार २०७४ । 
बलिउड अभिनेता टाइगर श्राफ मार्सल आर्टस्को एकेडेमी खोल्ने अन्तिम तयारीमा छन् । उनले एकेडेमीको पहिलो शाखा एक महिनाभित्र मुम्बईमा खोलिसक्ने बताएका छन् ।
उनले युवाहरूलाई मार्सल आर्ट सिक्नका लागि प्रेरित गर्न एकेडेमी खोल्न लागेको बताए । २७ वर्षका टाइगर तेक्वान्दो खेलमा पाँचौँ डान हुन् । उनी कराते, उसू, बक्सिङ लगायतका अन्य खेलमा समेत पोख्त छन् ।

‘आजका युवाहरूमा शारीरिक एक्सपोजरको कमी छ । उनीहरू फोनमा झुन्डिन्छन्,’ टाइगर भन्छन्, ‘म चाहन्छु उनीहरूले फोन चलाउन छाडेर मार्सल आर्टस्मा ध्यान दिउन् । मेरा धेरै फ्यानहरू बालबालिका छन् । त्यसैले म उनीहरूका लागि यो गर्दैछु ।’

उनी बालबालिकाहरू खेलकुद र शिक्षामा अब्बल हुनुपर्ने बताउँछन् । टाइगरले पूना र उत्तर भारतमा समेत मार्सल आर्टस् केन्द्र खोल्ने योजना बनाएका छन् ।

Logo