एसियाली पारा तेक्वान्दो खेल्न जाने टोलीलाई ट्रयाकसुट

एसियाली पारा तेक्वान्दो खेल्न जाने टोलीलाई ट्रयाकसुट

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ७ असार । दक्षिण कोरियाको छुनचियोनमा हुने तेश्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई केएल ग्रुपले ट्रयाकसुट प्रदान गरेको छ । पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवरले दशरथ रंगशालामा उक्त ट्रयाकसुट टोलीका सदस्यलाई बुधबार हस्तान्तरण गरेका हुन् । असार १७ मा हुने उक्त प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार नै त्यसतर्फ प्रस्थान गरेको छ । पुरुषको ७५ केजी मुनि रोहितहाङ राई तथा महिलाको ४९ केजीमुनि रञ्जना धामी र ५८ केजीमा पलेशा गोवर्धनले प्रतिस्पर्धा गर्नेछन् । टोली नेतामा कासिम मियाँ धोबी, व्यवस्थापकमा दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा छन् ।

Logo