स्टार फुटबलर कुन क्लबमा जाँदैछन् ?

स्टार फुटबलर कुन क्लबमा जाँदैछन् ?

केन्द्रबिन्दु
0
Shares

लन्डन : स्टार फुटबलर डियगो कोस्टा र इडेन हाजार्ड इंलिस प्रिमियर लिग च्याम्पियन चेल्सी छाड्ने तयारीमा छन् । उनीहरुले क्लब छाड्ने मनसाय व्यक्त गरेपछि चेल्सी अहिले बार्यन म्यूनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई क्लबमा भित्र्याउने प्रयासमा छ ।

रियल म्याड्रिडले इडेन हाजार्डलाई १ सय मिलियन युरो तिरेर क्लबमा भित्र्याउने तयारी गरेको छ । यता चाइनिज सुपर लिग क्लबमा सहभागी हुनका लागि इङल्यान्ड छाड्ने तयारी गरेका हुन् ।

जर्मन क्लब बार्यन म्युनिख ब्राजिली मिडफिल्डर पाउलिन्होलाई क्लबमा भित्र्याउने तयारीमा छ । पाउलन्हिोले अहिले चिनियाँ क्लब गोन्झाउ इभरग्रान्डबाट खेलिरहेका छन् । उनी अहिले निकै फर्ममा छन् । टोट्टेनह्यामका यी पूर्व फुटबलरको फर्म देखेर बार्यनका प्रशिक्षक कार्लो एन्सिलोट्टी लोभिएका हुन् ।

इंलिङ क्लब म्यानचेस्टर सिटीले अर्को इंलिस क्लब क्रिस्टल प्यालेसका विंगर विलफ्राइड जाहालाई भित्र्याउने तयारी गरेको छ । सिटीले आर्सनलका चिलियन स्टार एलेक्सिज सान्चेजलाई भित्र्याउन पनि कडा कसरत गरिरहेको छ ।

Logo