भारतको लज्जाजनक हार

भारतको लज्जाजनक हार

केन्द्रबिन्दु
0
Shares

क्रिकेटको मिनी विश्वकप मानिने च्याम्पियन्स ट्रफीमा भारत–पाकिस्तानको महाभिडन्त ।
च्याम्पियन्स ट्रफी क्रिकेट उपाधिकालागी आइतबार राती सम्पन्न फाइनल भिडन्तमा भारतले पाकिस्तानसँग लज्जाजनक हार व्यहोरेको छ । उसले १ सय ८० रनको फराकिलो अन्तरले हार व्यहोरेको हो । आईसीसीले आयोजना गरेको प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएको यो पहिलो पटक हो ।

टस जितेर फिल्डिङ रोजेको भारतले पाकिस्तानलाई ३३८ रन दिन बाध्य भयो । ३३९ रनको विजयी लक्ष्य पछ्याएको भारतको सुरुवात नै खराब रहृयो । पाकिस्ताननी बलरहरु हावी भए । हार्दिक पाण्डेय र रविन्द्र जडेजाले ८० रनको साझेदारी गर्नु वाहेक भारतको अर्को उल्लेख्य रन वनाउने खेलाडी निश्कन सकेनन् ।

भारतीय स्टारहरु रोहित शर्मा, विराट कोहली र महेन्द्रसिंह धोनीलाई छ भारतीय सञ्चारमाध्यमले खेलका मुजरिम भनेर नाम दिँदैछन् । भारत ३०.३ ओभरमा अलआउट भयो । पाकिस्तानी बलर मोहम्मद अमिर र हसन अलीले ३–३ विकेट लिए । सहदाव खानले २ विकेट लिए भने जुनिद खानले पनि एक विकेट हातपारे । ।

Logo