यस्तो छ यी क्रिकेटरको जर्सी नं. को रहस्य

यस्तो छ यी क्रिकेटरको जर्सी नं. को रहस्य

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, ४ असार ।

च्याम्पियन्स ट्रफी क्रिकेटले गर्दा, र त्यसभन्दा पहिले आइपिएल क्रिकेटले गर्दा पछिल्ला कतिपय महिनादेखि क्रिकेटको माहोल गरम छ । स्वयम् नेपालमा कुनै ठुलो प्रतियोगिता नभइरहेको भए पनि अथवा नेपालले कतै नखेलिरहेको भए पनि क्रिकेट यस हिमवत्खण्डमा चर्चाको एक सदाबहार विषय भने हो नै । चर्चा कि त फुटबलको हुन्छ, होइन भने फेरि क्रिकेट कै ।

क्रिकेटका विविध पक्षबारेमा मुशायरा चल्छन् । त्यसै पेरिफेरिमा चर्चा हुने गर्छ, क्रिकेटहरूले वन डे अथवा टी–२० क्रिकेटमा लगाउने जर्सीहरूमा राख्ने नम्बरहरूबारे पनि ।

पाठकहरूलाई सम्झना छ भने, उहिले १० नम्बरको जर्सी लगाएर खेल्ने गरेका सचिन तेन्दुलकरलाई उनले त्यही नम्बर नै किन लगाएका भनेर प्रश्न गरिँदा उनले भनेका थिए, ‘सबैले टेन टेन भनेर पनि बोलाउने, यो नम्बर फुटबलमा पनि निकै लोकिप्रय । त्यसैले गर्दा मैले पनि यही नम्बर राखेको मात्र हो ।’

सचिनले जसरी नै आफ्नो जर्सीमा नम्बर राख्ने सवालमा अरू भारतीय खेलाडी पनि पछि छैनन् । अहिलेका कप्तान विराट कोहली, महेन्द्र सिंह धोनी, युवराज सिंह, शिखर धवन, रोहित शर्मासमेत अनेक क्रिकेटरका जर्सी नम्बरको खास कारणबारे तपाईंलाई थाहा छ ?

विराट कोहली लाई जहिले पनि १८ नम्बरको जर्सी लगाएको देखिन्छ । यसको पछाडि एक भावनात्मक घटना जोडिएको छ । १८ डिसेम्बर २००६ मा उनका पिताको मुत्यु भएको थियो । उनका बुवा उनलाई जहिले पनि चर्चित क्रिकेटर भएको हेर्न चाहन्थे । यही घटनाकै कारण उनले यो जर्सी पहलोपटक अन्डर–१९ खेल्दाबाटै लाउन सुरु गरेका थिए ।

महेन्द्र सिंह धोनी : भारतका सफलतम क्याप्टनहरूमध्येका एक र स्थापित फिनिसर धोनीको जर्सी नम्बर हो, ७ । उनले ७ नम्बरको जर्सी किन चुनेका होलान् ? फुटबलका हिरो पोर्चुगलका क्रिस्टियानो रोनाल्डो धोनीलाई सबभन्दा मन पर्ने खेलाडी हुन । रोनाल्डोको जर्सी नम्बर पनि ७ हो र संयोगले धोनीको जन्मदिन पनि जुलाई ७ मा भएकोले उनलाई यो नम्बर लक्की लाग्छ ।

रोहित शर्मा : ओपनर रोहित शर्माको जर्सी नम्बर ४५ हो । यो नम्बर रोहितका लागि भनेर उनकी आमाले रोजेको नम्बर हो । त्यसैले उनलाई यो नम्बर लक्की लाग्छ । उनी अण्डर–१९ देखि नै यही नम्बर लगाएर खेल्न सुरु गरेको थिए । उनी वान डे क्रिकेटमा दोहोरो शतक लगाउने एकमात्र खेलाडी हुन् ।

शिखर धवन : यी स्टाइलिस ब्याट्सम्यानको जर्सी नम्बर २५ हुनुका पछाडि अन्य कुनै कारण नभै यिनकी पत्नी हुन् । खासमा शिखर धवनकी पत्नीको जन्म यसै दिन भएको थियो । त्यसै कारण धवनले यो नम्बर रोजेका हुन् ।

युवराज सिंह : युवराज सिंहले रोजेको जर्सी नम्बर १२ को रहस्य थाहा पाएर आश्चर्य लाग्नसक्छ । युवराजको जन्म १२ डिसेम्बर १९८१ म दिउँसो १२ बजे पन्जाबको चण्ढीगढको सेक्टर १२ मा भएको थियो । यही कारणले उनले यो जर्सी नम्बर रोजेका हुन् ।

(एजेन्सीहरूको सहयोगमा)

Logo