साइपाललाई लाखेपोखरी सेभेन ए साइड फुटबल उपाधि

साइपाललाई लाखेपोखरी सेभेन ए साइड फुटबल उपाधि

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २ असार ।

साइपाल एकेडेमीले प्रथम लाखे पोखरी अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

कपन फइका युवा समूहद्वारा आयोजित प्रतियोगिताको शुक्रबार भएको फाइनलमा साइपालले सारदा एकेडेमीलाई ३–१ गोलअन्तरले पराजित ग¥यो ।

विजयी टिमका लागि मुकेश तामाङले २ तथा पेम्बा तामाङले १ गोल गरे । सारदाबाट सुजन तामाङले सान्त्वना गोल फर्काए । सुजन उत्कृष्ट खेलाडी समेत चुनिए ।

विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने, आयोजक समूहका अध्यक्ष मनोज खत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

कपनको फइकामा भएको तीन दिने प्रतियोगितामा १४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

 

Logo