तेश्रो लालीगुराँस बास्केटबलमा लालीगुराँस र ग्रिनल्यान्ड च्याम्पियन

तेश्रो लालीगुराँस बास्केटबलमा लालीगुराँस र ग्रिनल्यान्ड च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २ असार ।
आयोजक लालीगुराँस नेसनल एकेडेमी ‘ए’ र ग्रिनल्यान्ड तेश्रो लालीगुराँस अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । लालीगुराँसले जुनियर ब्वाइज तथा ग्रिनल्यान्डले सिनियर गल्र्सको उपाधि जितेका हुन् ।

जुनियर ब्वाइजको फाइनलमा लालीगुराँसले सामाखुशी इङलिस बोर्डिङ स्कुल (सेब) लाई ३१–२३ ले पराजित ग¥यो । विजयी टिमका लागि सर्जन महतारा र प्रिन्स केसीले समान १०–१० अंक जोडे ।

पहिलो र दोश्रो क्वार्टरमा क्रमशः २–३ र ७–९ ले पछि परेको स्थितिलाई उल्ट्याउदै लालीगुराँस दोश्रो पटक च्याम्पियन बन्न सफल भयो । लालीगुराँस पहिलो संस्करणको पनि विजेत हो । लालीगुराँसले तेश्रोमा १०–४ र चौथोमा १२–७ को अग्रता बनाउदै उपाधि सुनिश्चित ग¥यो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा ग्रिनल्यान्डले ईडेन ब्रिज एकेडेमीलाई २०–१९ को झिनो अन्तरले हरायो । ग्रिनल्यान्डको जितमा प्रमिला जागरीले ८ अंक योगदान गरिन् ।

पहिलो क्वार्टरमा ५–१० ले पछि परेको ग्रिनल्यान्ड दोश्रोमा ९–५ को अगाडि रह्यो । तेश्रो क्वार्टर २–२ को बराबरीमा टुंगिएको अवस्थामा ग्रिनल्यान्ड अझै समग्रमा १ अंकले पछि थियो । चौथो क्वार्टरमा ४–२ को प्रदर्शन गर्दै ग्रिनल्यान्ड उपाधि चुम्न सफल भयो ।

ब्वाइजमा लालीगुराँसका प्रिन्स केसी र गल्र्समा ग्रिनल्यान्डकी प्रियंका खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । दुवै फाइनल शुक्रबार भएका थिए ।

उत्कृष्ट खेलाडीद्वय प्रियंका खड्का (बायाँ) र प्रिन्स केसी ।

सो अवसरमा लालीगुराँसलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजकले आफ्ना प्रशिक्षकद्वय सुनील केसी र मिलाप पुनलाई १० हजार रुपैयाँ नगदबाट सम्मान गरेको थियो ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर पुन, लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकी र ईसीए निर्देशक जोगेन्द्र केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । छ दिने प्रतियोगिताको ब्वाइजमा १४ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष लामाले बास्केटबलको विकास र विस्तारमा शैक्षिक संस्थाको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी अगस्टमा बास्केटबल संघले यु–१६ दक्षिण एसियाली बास्केटबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए ।

Logo