साइपाल लाखेपोखरी सेभेन ए साइड फुटबलको सेमिफाइनलमा

साइपाल लाखेपोखरी सेभेन ए साइड फुटबलको सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १ असार ।

साइपाल एकेडेमी प्रथम लाखे पोखरी अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।

कपन फइका युवा समूहद्वारा आयोजित प्रतियोगितामा बिहीबार साइपालले पुष्पलाल मेमोरियललाई ४–० गोलअन्तरले पराजित गर्यो ।

अर्को खेलमा लिटिल मुनले जोसेफलाई टाइब्रेकरमा ३–२ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित  गर्यो ।

शुक्रबार सम्पन्न हुने प्रतियोगितामा १६ छात्र टिमको सहभागिता रहेको आयोजक समूहका अध्यक्ष मनोज खत्रीले जनाएका छन् ।

Logo