मार्शल आर्ट संघमा प्रकाश श्रेष्ठ

मार्शल आर्ट संघमा प्रकाश श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ, नेपाल (आईएमए) को दोश्रो साधारणसभाले प्रकाश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ । श्रेष्ठ अघिल्लो कार्यसमितिमा महासचिव थिए ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा रामजनक कट्वाल र कृष्णप्रसाद सिवाकोटीले उपाध्यक्ष, प्रशान्त प्रधानले महासचिव, सुस्मिता तामाङले सचिव तथा लक्ष्मीकुमारी बम्जनले कोषाध्यक्षको जिम्मेवारी पाए ।
मधुसुदन पाठक, पिंकी खड्का, लालबहादुर तामाङ, रणदीप गोले, लक्ष्मण तामाङ, धीरज उपरकोटी र विनोद योञ्जन सदस्यमा चयन भए ।

प्रकाश श्रेष्ठ

नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख समेत रहेका प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए ।

Logo