केन्द्रबिन्दु डेस्क । "/>

अस्ट्रेलियाको राष्ट्रिय जुडोमा मोहन बमलाई स्वर्ण

अस्ट्रेलियाको राष्ट्रिय जुडोमा मोहन बमलाई स्वर्ण

केन्द्रबिन्दु
0
Shares


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २९ जेठ ।

अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहन बमले अस्ट्रेलियाको गोल्डकोस्टमा भएको ४२ औं अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

सोमबार सम्पन्न तीन दिने प्रतियोगिताको पुरुष नागे नो कातामा मोहनले स्वर्ण जितेका हुन् । उनले अस्ट्रेलियाकै एडमन्ड युनसँग मिलेर स्वर्ण जितेका हुन् ।

पाँच जोडी सहभागी उक्त स्पर्धामा उनीहरूले सर्वाधिक ८१ प्रतिशत अंक ल्याएका थिए । मोहन र एडमान्डको जोडीले त्यस स्पर्धामा स्वर्ण जितेको यो लगातार चौथो पटक हो ।

अस्ट्रेलिया जुडो महासंघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमा पनि मोहन कांस्य जित्न सफल भए । उनले पश्चिम अस्ट्रेलियाका ज्याकब रिडलाई पराजित गरे ।

अस्ट्रेलियामै बस्दै आएका अर्का जुडो खेलाडी खेम थापाले पनि पुरुष ६० केजीमा कांस्य जित्न सफल भएको बताइएको छ । स्पर्धामा १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मोहन र खेमले भिक्टोरिया राज्यको प्रतिनिधित्व गरेका थिए ।

        मोहन बम र खेम थापा फोटो सेसन गर्दै

Logo