लन्डन, २९ जेठ । "/>

भारत पाँचौँपटक च्याम्पियन्स ट्रफी सेमिफाइनलमा

भारत पाँचौँपटक च्याम्पियन्स ट्रफी सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

लन्डन, २९ जेठ । कसिकसाउ बलिङ, सुदृढ क्षेत्ररक्षण अनि शिखर धवन र विराट कोहलीको दमदार ब्याटिङले गर्दा डिफेन्डिङ च्याम्पियन भारत ७२ बल बाँकी छँदै दक्षिण अफ्रिकालाई आठ विकेटले पराजित गर्दै पाँचौँपटक च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । योसँगै भारतले पाँचपटक सेमिफाइनल पुग्ने दक्षिण अफ्रिकी रेकर्ड पनि बराबरी गरेको छ ।

लिग चरण म्याच भए पनि दुवै टोली आफ्ना पहिला म्याचहरू हारिसकेको हुँदा क्वार्टरफाइनल बन्न पुगेको म्याचमा आइतबार राति भारतले ७२ बलको खेल बाँकी छँदै जित हासिल गरेको थियो ।

फाइनल प्रवेशका लागि भारतले अब जुन १५ मा बंगलादेशविरुद्ध खेल्ने छ । अन्तिम म्याचमा अस्टे«लियाले इङग्ल्यान्डबाट पराजित हुनु परेपछि अंकको आधारमा बंगलादेश सेमिफाइनल प्रवेश गरेको हो । अर्को सेमिफाइनलका लागि आजै सोमबार पाकिस्तान र श्रीलंकाबीच भिडन्त हुँदैछ । लिग चरणको अन्तिम म्याच भए पनि यस म्याचको विजेता सेमिफाइनल प्रवेश गर्नेछ ।

पाकिस्तान पहिलो म्याचमा भारतविरुद्ध १२४ रनले पराजित भएको थियो भने आफ्नो दोस्रो म्याचमा अहिले वान डे क्रिकेटको शीर्ष टोली दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । उता श्रीलंकाले पहिलो म्याचमा दक्षिण अफ्रिकाबाट ९६ रनले पराजित भए पनि आफ्नो दोस्रो म्याचमा भारतलाई सात विकेटले पराजित गरेको थियो । विजेता टोलीले इङग्लयान्डविरुद्ध सेमिफाइनल भिडन्त गर्नेछ ।

भारतले टस जितेर फिल्डिङ राज्दै दक्षिण अफ्रिकालाई ४४.३ ओभरमा १९१ रनमै अलआउट गरेको थियो । जवाफमा धवन (७८ रन) र कोहली (७६ नटआउट) ले दोस्रो विकेटका लागि १२८ रनको साझेदारी गरेपछि भारतले ३८ ओभरमा दुई विकेटको क्षतिमा १९३ रन बनाएर एकतर्फी रूपमा म्याच जित्यो ।

युवराज सिंह (२३ नटआउट) ले छक्का प्रहार गर्दै टिमलाई विजयी तुल्याए । त्यसअघि ओपनर रोहित शर्मा १२ रन बनाएर आउट भएका थिए ।

त्यसअघि हासिम आमला (३५) र क्विन्टन डिकक (५३) ले अफ्रिकाको पहिलो विकेटका लागि ७६ रन जोडेका थिए । तर उनीहरू दुईजना पेभेलियन फर्केपछि अफ्रिकाका अन्तिम आठ विकेट केवल ५१ रनभित्रै खुम्चिन पुग्यो । मिडिल अर्डरमा फाप डुप्लेसिस (३६) ले मात्र केही योगदान गर्न सकेका थिए ।

भारतका लागि भुवनेश्र कुमार र म्यान अफ द म्याच जसप्रित बुमराहले दुई–दुई तथा रविचन्द्रन आश्विन, हार्दिक पान्ड्या र रविन्द्र जडेजाले एक–एक विकेट हात पारेका थिए ।

एजेन्सीहरूको सहयोगमा

Logo