केन्द्रबिन्दु डेस्क । "/>

राष्ट्रव्यापी विद्यालयस्तरीय अन्नपूर्ण चेसमा पायनियर च्याम्पियन

राष्ट्रव्यापी विद्यालयस्तरीय अन्नपूर्ण चेसमा पायनियर च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क ।  काठमाडौं, २८ जेठ ।

१३ औ राष्ट्रव्यापी विद्यालयस्तरीय अन्नपूर्ण मैत्री खुल्ला बुद्धिचाल प्रतियोगितामा पायनियर स्कुल पहिलो भएको छ । पायनियरले आठमध्येका चार स्पर्धामा पहिलो स्थान हात पारेको हो ।

यु–१६ मा पायनियरका सुदिप तामाङ पहिलो भए । त्यस स्पर्धामा हिमालयन स्कुल भक्तपुरका निकेन कुसाथा दोश्रो तथा किम्सका प्रमित अमात्य तेश्रो भए ।

छात्र यु–१० मा हिमालयन स्कुल कीर्तिपुरका मनोज घिसिङ पहिलो भए । पायनियरका अंकित भुजेल दोश्रो तथा पुष्प सदन कीर्तिपुरका आदर्श श्रेष्ठ तेश्रो भए ।

छात्र यु–१२ मा दीपज्योतिका प्रसन्न विक्रम कुँवर पहिलो, महांकाल माविका विजय टमाटा दोश्रो तथा पायनियरका अनिल लामा तेश्रो भए ।

यु–१४ मा पायनियरका सौरभ पोख्रेल पहिलो, आयोजक अन्नपूर्णका समिर अन्सारी दोश्रो तथा पायनियरकै सन्देश कटुवाल तेश्रो भए ।

विजयी खेलाडीलाई प्रमुख अतिथि नेपालका लागि युरोपियन राष्ट्र माल्टाका महावाणिज्य दूत तथा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्बर तीनका अध्यक्ष एवम् आयोजक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिनेश श्रेष्ठका साथै विशेष अतिथि मणिग्राम बहुउद्देश्यीय सहकारी सस्थाका कार्यकारी संचालक दीपक जोशीले पुरस्कार वितरण गरे ।

विद्यालयका प्राचार्य चन्द«प्रकाश राजभण्डारीको सभापतित्वमा भएको पुरस्कार वितरण समारोहमा मुख्य आर्बिटर ज्ञानेन्द« खाइजुसहित आयोजक विद्यालयका खेलकुद शिक्षक केशव श्रेष्ठ, पूर्वराष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रताप अधीकारी, पूर्वराष्ट्रिय च्याम्पियन सूरवीर लामा र मनीष हमालका साथै क्यान्डिडेट रिजेन्द« राजभण्डारीको उपस्थिति थियो ।

प्रतियोगितामा ३४ विद्यालयका २८२ खेलाडीको सहभागिता थियो ।

Logo