सन्तोष राखल मसल वल्र्ड अन्तर क्लब पावरलिफ्टिङ्ग प्रतियोगिता ¬– २०१७ मा च्याम्पियन हुन सफल भएका छन् । "/>

सन्तोष राखल पावरलिफ्टिङ्ग च्याम्पियन

सन्तोष राखल पावरलिफ्टिङ्ग च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

दामोदर अर्याल । २८ जेठ काठमाडौं ।

 

सन्तोष राखल मसल वल्र्ड अन्तर क्लब पावरलिफ्टिङ्ग प्रतियोगिता ¬– २०१७ मा च्याम्पियन हुन सफल भएका छन् । ७० केजी माथिको तौल समूहका उनले स्क्वाट र वेन्च प्रेसमा गरि कुल २८ं० किलो तौल भार वहन गर्दै च्याम्पियनसिप हात पारेका हुन् । उनले ओभर अल ट्रफी, एक बर्षको २८ हजार बराबरको फुल प्याकेज सदस्यता, डाईट नेपालद्वारा प्रायोजित एम्नो सप्लिमेन्ट र टिसर्ट प्राप्त गरे ।

खुसिबुँस्थित मसल वल्र्ड क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत भएको स्क्वाट, वेन्चप्रेस र चिन अप विधामा ६० केजी तौल समूहको स्क्वाटमा शिरिष मगरले १२० केजी भार र वेन्चप्रेसमा ७५ केजी भार वहन गर्दै प्रथम स्थान हात पारेको थिए । दोश्रो स्थानमा रहेका पासाङ्ग लामाले स्क्वाटमा १०० केजी र वेन्चप्रेसमा ६५ केजी र तेश्रो स्थानमा रहेका सचित डङ्गोलले स्क्वाटमा ८० केजी र वेन्च प्रेसमा ६५ केजी उचाले । विजयी खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गरे ।
प्रमुख निर्णायक राजेन्द्र रत्न तुलाधर, अन्तराष्ट्रिय निर्णायक अजय बज्राचार्य, राष्ट्रिय निर्णायकहरु नानीकाजी डङ्गोल, दिपेन्द्र प्याकुरेल र निर्मला महर्जनको निर्णाक मण्डल रहेको प्रतियोगिताको ७० केजी तौल समूहमा स्क्वाटमा १३५ केजी तौल भार बहनका साथ सुजन श्रेष्ठ पहिलो, ११० केजी भार वहनका साथ अमर महर्जन दोश्रो र १०० केजी भारबहनका साथ होम राना तेश्रो भए । यस्तै वेन्चप्रेसमा १२० केजी भारका साथ होम राना पहिलो, १०० केजी भारका साथ सुजन श्रेष्ठ दोश्रो र ९५ केजीका साथ अमर महर्जन तेश्रो भएका थिए ।

यस्तै ७० केजी माथीको तौलमा स्क्वाटमा आदर्श महर्जन १७० केजीका साथ पहिलो, १६० केजीका साथ सन्तोष राखल दोश्रो र १६० केजीकै साथ राजेन्द्र भण्डारी तेश्रो भए । दुवैले समान भार बहन गरेता पनि सन्तोषको व्यक्तिगत तौल राजेन्द्रको भन्दा कम भएकाले उनी दोश्रो भएका हुन् । यस्तै सोही तौलमा वेन्चप्रेसमा सन्तोष राखेलले १२० केजी भारका साथ पहिलो स्थान पाए । दोश्रो स्थानमा रहेका राजेन्द्र र अमिन महर्जनले समान ११० तौल भार बहन गरेता पनि व्यक्तिगत तौलका कारण राजेन्द्र दोश्रो र अमिन महर्जन तेश्रो भए ।

आयोजकको आफ्नै प्राङ्गणमा भएको प्रतियोगिताको चिन अप प्रतियोगितामा ६० केजी तौलमा २३ अंकका साथ सचित डङ्गोल पहिलो, २१ अंकका साथ शिरिष मगर दोश्रो तथा १७ अंकका साथ निरज महर्जन तेश्रो भए । ७० केजी तौलमा २२ अंकका साथ सुजन श्रेष्ठ पहिलो, २१ अंकका साथ होम राना दोश्रो र १७ अंकका साथ कुमार अधिकारी तेश्रो भए । यस्तै ७० केजी माथिको तौलमा १९ अंकका साथ अनिल महर्जन पहिलो, १७ अंकका साथ आशिष महर्जन दोश्रो र १६ अंकका साथ सुरेश श्रेष्ठ तेश्रो भएका थिए ।

विजयी खेलाडीहरुलाई माननिय साँसद रामविर मानन्धर, का.म.न.पा. वडा नं. १६ का नवनिर्वाचित वडा अध्यक्ष मुकुन्द रिजाल, सदस्यहरु जीवन मानन्धर, पुष्प महर्जन, महिला सदस्यहरु बबी परियार, कल्पना गुरुङ्ग, पूर्व वडा अध्यक्ष लक्ष्मी तुलाधर, प्रायोजक हिरा महर्जनले मेडल, प्रमाणपत्र प्रदान गरेका थिए । यस्तै डाईट नेपालका प्रतिनिधी लोकेश रेग्मीले विजयी खेलाडीहरुलाई शारिरीक सुगठनका लागि आवश्क सप्लिमेन्ट तथा टि सर्ट प्रदान गरेका थिए ।

सोही अवसरमा विभिन्न प्रतियोगितामा पदक हात पार्ने तथा अन्तराष्ट्रिय प्रतियोगितामा स्तरिय प्रदर्शन गर्न सफल खेलाडीहरुलाई पनि आयोजकले सम्मान गरेको थियो । जसमा मि. हिमालयमा तेश्रो स्थान हात पार्न सफ अमन तुलाधर, महिला फिजिकमा चौथो स्थान हात पार्न सफल मेरिना श्रेष्ठ र हङ्गकङ्गमा सम्पन्न आर्नोल्ड क्लासिक र ओलम्पिक अमेच्योर,, भियतनाममा भएको पाँचौ एशियन विच गेम, मङ्गोलियामा भएको ५१ औ एशियन शारिरीक सुगठन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्न सफल खेलाडी देव राज पराजुली रहेका थिए ।

मलस वल्र्डका संस्थापक शेरबहादुर डङ्गोलको सभापतित्वमा भएको प्रतियोगिताका दौरान साँसद रामविर मानन्धर, वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, सदस्यहरु जीवन मानन्धर, पुष्प महर्जन, बबी परियार र कल्पना गुरुङ्ग तथा पूर्व वडा अध्यक्ष लक्ष्मी तुलाधरलाई बधाई तथा सम्मान गरिएको थियो ।

Logo