भलिबल संघको वार्षिक क्यालेन्डर सार्वजनिककेन्द्रबिन्दु डेस्क । "/>

जेठ ८ लाई राष्ट्रिय भलिबल दिवसका रूपमा मनाइने

जेठ ८ लाई राष्ट्रिय भलिबल दिवसका रूपमा मनाइने

केन्द्रबिन्दु
0
Shares

भलिबल संघको वार्षिक क्यालेन्डर सार्वजनिक

केन्द्रबिन्दु डेस्क । काठमाडौं,२८ जेठ ।

भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको हरेक दिन जेठ ८ गतेलाई अबदेखि हरेक वर्ष राष्ट्रिय ‘भलिबल दिवस’ का रूपमा मनाइने भएको छ । नेपाल भलिबल संघले शनिबार राजधानीमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्माको अध्यक्षतामा संघका महासचिव जितेन्द्रबहादुर चन्दले विभिन्न २७ बुँदासहितको कार्यक्रम सार्वजनिक गरेका हुन् ।

घोषित कार्यक्रम अनुसार संघले असार महिनामा राष्ट्रिय पुरुष तथा महिला टोलीको सम्मान गर्ने भएको छ । सोही कार्यक्रममा एभिसी सेन्ट्रल जोन प्रतियोगितामा सहभागी खेलाडीलाई पनि सम्मान गरिने छ ।

भलिबल राष्ट्रिय खेल घोषणा भइसकेकोले अब देशभरि भलिबल सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न जिल्ला संघहरूलाई परिचालन गरिने जनाएको छ । साथै राष्ट्रिय खेलको विकास र विस्तारका लागि सबै पक्षसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता पनि जनाइएको छ ।

वार्षिक कार्यक्रममा नेपाल र डेनमार्कको भिदोवर क्लबसँगको मैत्रीपूर्ण खेललाई पनि समावेश गरिएको छ । दुई टोलीबीचको मैत्रीपूर्ण खेल असोजमा काठमाडौंमा आयोजना हुनेछ । संघले पहिलोपटक यु–१८ महिला तथा पुरुष अन्तर–विद्यालय भलिबल प्रतियोगिता गर्ने घोषणा गरेको छ भने अन्तर–कलेज भलिबल प्रतियोगितालाई पनि यही आर्थिक वर्षमा आयोजना गर्ने जनाएको छ ।

घोषित कार्यक्रममा विद्यालयस्तरदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताका साथै रेफ्री र प्रशिक्षकका लागि पनि कार्यक्रम निर्धारण गरिएको छ, जसमा साउनमा प्रशिक्षकहरूका लागि रिफ्रेसर कोर्स सञ्चालन गरिने भएको छ भने पुसमा सबै विकास क्षेत्रमा रेफ्री रिफ्रेसिङ कोर्स सञ्चालन गर्ने भएको छ ।

Logo