केन्द्रबिन्दु डेस्क । "/>

केएनपी राष्ट्रिय महिला भलिबल फाइनलमा एपीएफ र न्यु डायमण्ड

केएनपी राष्ट्रिय महिला भलिबल फाइनलमा एपीएफ र न्यु डायमण्ड

केन्द्रबिन्दु
0
Shares


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २५ जेठ ।

दशरथ रंगशालामा सन्चालन भइरहेको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पछिल्ला केही वर्षदेखि एकआपसमा चिरप्रतिद्वन्द्वी देखिँदै आएका सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड एकेडेमीबीच फाइनल भिडन्त हुने भएको छ ।

बिहीबार भएका आआफ्ना सेमिफाइनल खेलमा विजय हासिल गर्दै एपिएफ र न्यू डायमण्डले फेरि एकपटक एकआपसमा उपाधि भिडन्त पक्का गरेका हुन् । साबिक विजेता एपिएफ समूह ‘ए’ र समूह ‘बी’ बाट न्यू डायमण्ड एकेडेमी अपराजित रहँदै सेमिफाइनलमा पुगेका थिए ।

बिहीबार भएको पहिलो सेमिफाइनलमा एपिएफले अर्को विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । खेलको सुरुदेखि नै दबाब बढाएको एपिएफले २५–११, २५–२० र २५–१६ अंक अन्तरले सहज जित हासिल गर्यो ।

एपिएफकी सरस्वती चौधरीले ४४ स्पाइकबाट २१ र सर्भिसबाट चार अंक बटुलिन् । यस्तै, नेविका चौधरीले ३५ स्पाइकबाट १५ अंक जोडिन् भने उषा विष्टले स्पाइकबाट चार र ब्लकबाट दुई अंक बटुलिन् ।

पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट ११ र सर्भिसबाट एक अंक जोडिन् । यस्तै, मनीषा चौधरीले स्पाइकबाट सात र सर्भिसबाट एक अंक जोडिन् ।

यसैगरी दोस्रो सेमिफाइनलमा न्यू डायमण्ड एकेडेमीले पश्चिमाञ्चल भलिबल संघलाई ३–० कै सोझो सेटमा पाखा लगायो । पहिलो सेटमा कडा टक्कर दिएको पश्चिमाञ्चलले दोस्रो र तेस्रो सेटमा खराब प्रदर्शन गर्दा नतिजा न्यू डायमण्डलाई सुम्पन बाध्य भयो ।

पहिलो सेटमा २५–२२ को कडा टक्कर पाएको न्यू डायमण्डले त्यसपछि २५–९ र २५–१४ को सहज जित हात पार्यो ।
न्यू डायमण्डलाई जित दिलाउन प्रतिभा मालीको योगदान महत्वपूर्ण रह्यो । उनले ६६ स्पाइक प्रहार गर्दा ३८ अंक जोडिन् । यस्तै, सेटर कृपा अधिकारीले सर्भिसबाट सात अंक जोडिन् ।

पश्चिमाञ्चलकी कप्तान मञ्जु गुरुङ र अरुणा शाहीले उत्कृष्ट प्रदर्शन गर ेपनि टोलीलाई जित दिलाउन सकेनन् । मञ्जुले ३४ सटबाट सात र सर्भिसबाट दुई अंक जोडिन् । शाहीले ४४ सट प्रहार गर्दै सात अंक जोड्दा सर्भिसबाट एक अंक बटुलिन् ।

प्रतियोगिताको फाइनल शुक्रबार अपरान्ह हुनेछ ।

Logo