केन्द्रबिन्दु डेस्क । "/>

पद्मोदय बन्यो रियो एसईई फुटसल च्याम्पियन

पद्मोदय बन्यो रियो एसईई फुटसल च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २४ जेठ ।

क्याम्पियन एकेडेमीद्वारा आयोजित रियो एसईई फुटसल प्रतियोगिताको उपाधि पद्मोदय माविले जितेको छ ।

लगनखेलस्थित आयोजक क्याम्पियन एकेडेमीको मैदानमा मंगलबार भएको फाइनलमा पद्मोदयले ताहचल युथ क्लबलाई ४–३ गोलले पराजित ग¥यो ।

विजयी टिमका लागि आशिष सोनामले २ तथा गौरव कार्की र अनिश कार्कीले १–१ गोल गरे । ताहचलका विजेन खड्का र सुजन गुरुङले १–१ गोल फर्काए । एक गोल आत्माघाती रह्यो ।

उपाधिसँगै पद्मोदयले ५० हजार रुपैयाँ नगद पुरस्कार पायो भने ताहचलले २० हजार रुपैयाँ नगदमा चित्त बुझायो ।
कीर्तिपुर टिमका यमन महर्जन प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए भने पद्मोदयका सुविन श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए ।

प्रतियोगिता अवधिभर २३ गोल गरेका ताहचलका सुजन गुरुङ सर्वाधिक गोलकर्ता बने । तीनैजनाले समान रु. ५–५ हजार नगद पुरस्कार हात पारे । विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहलगायतले पुरस्कृत गरे ।

जेठ १२ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ६४ ब्वायज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा फाइनलसमेत जम्मा १ सय २७ खेल भएका थिए ।

Logo