गत साता (शनिबार राती) रियल म्याड्रिड र युभेन्टस क्लबबीच च्याम्पियन्स लिग फाइनल खेल सम्पन्न भएसँगै युरोपेली क्लब फुटबलको अर्को एक सानदार सिजन समाप्त भएको छ । "/>

सिजनको समाप्तिमा युरोपेली फुटबल क्लब वरियता

सिजनको समाप्तिमा युरोपेली फुटबल क्लब वरियता

केन्द्रबिन्दु
0
Shares

गत साता (शनिबार राती) रियल म्याड्रिड र युभेन्टस क्लबबीच च्याम्पियन्स लिग फाइनल खेल सम्पन्न भएसँगै युरोपेली क्लब फुटबलको अर्को एक सानदार सिजन समाप्त भएको छ । कार्डिफमा भएको फाइनलमा लोस ब्लान्कोस भनिने रियल म्याड्रिडले क्षमता, शक्ति, जुझारुपन र चतुर्याइँको उच्च प्रदर्शन गर्दै आफ्नो सानदार प्रतिद्वन्द्वीलाई ४–१ गोलअन्तरले पराजित गर्यो ।

यसका साथै रियल म्याड्रिड क्लब उपाधि रक्षा गर्ने पहिलो डिफेन्डिङ च्याम्पियन क्लब पनि बन्न गयो । प्रशिक्षकका रूपमा जिनेदिन जिदानको यो दोस्रो च्याम्पियन्स लिग उपाधि हो ।

अहिलेको विश्वका चल्तीका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे र त्यसका साथै यस सिजनमा च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा लियोनेल मेसीलाई एक गोलले पछाडि पारे ।

आश्चर्य मान्नु पर्दैन, (प्रशिक्षक) जिनेदिन जिदानका खेलाडीहरू रहेको टोली ( रियल म्याड्रिड) युरोपियन फुटबल क्लब ¥याङिकङमा शीर्षस्थानमा रहेको छ । स्पेनिस लिग ‘ला लिगा’ समेत जितेको यो टोली २०१६–१७ को सिजन विस्मयकारी सफलतासाथ अन्त्य गरेको छ ।

चेल्सीले विस्मयकारी ९३ अंक बटुल्दै बेलायतको लिग प्रिमियर लिग उपाधि जित्यो । चेल्सीले यो वर्ष एफ ए कप पनि जित्यो भने यो क्लबका लागि सेस फाब्रिगासले विश्वको सर्वश्रेष्ठ अतिरिक्त खेलाडी (बेस्ट सब्स्टिच्युट इन द वल्र्ड) का रूपमा निरन्तर प्रदर्शन गरिरहे ।

बायर्न म्युनिखले जर्मन लिग बुन्डेसलिग जित्यो र त्यो जित कति सानदार थियो भने दोस्रो स्थानमा रहेको आर बी लिप्जिगभन्दा बायर्नको १५ अंक धेरै थियो । तर यही सिजनसँगै बायर्नका दुई हस्ती फिलिप ल्हाम र जाबी अलोन्सोले खेलजीवनबाट सन्यास लिए ।

अंक तालिकामा ८७ अंक (इटालियन लिग सेरी आ र कोपा इटालिया उपाधि विजेता युभेन्टसभन्दा ४ अंक कम) बटुलेको रोमाले सिजनको आफ्नो अन्तिम खेलमा बोलोनालाई ३–१ ले पराजित गरे पनि यससँगै क्लब लिजेन्ड फ्रान्सिस्को टोटीलाई अश्रुपूर्ण बिदाइ गर्यो । युभेन्टसले लिग उपाधि लगातार छैटौँपटक र कोपा इटालिया तेस्रोपटक जितेको हो ।

खेल इन्टरटेनमेन्टको हिसाबले यस सिजनको सबैभन्दा राम्रो टोली नेपोली मानिएको छ ।

हरेक म्याचमा अत्यधिक आक्रामक खेलप्रदर्श गर्ने टोली मोनाको रह्यो । यही क्लबले निकटतम प्रतिद्वन्द्वीभन्दा आठ अंकको अग्रता कायम राख्दै फ्रान्सेली लिग उपाधि चुम्यो ।

मेसी, लुई सौरेज र नेयमार जस्ता खेलाडी भएर पनि बार्सिलोनाले यो वर्ष केवल एउटा मात्र उपाधि कोपा डेल रे जित्न सक्यो । ला लिगामा ३८ खेलमा ११६ गोल गर्दै कुल ९० अंक बटुले पनि यसले लिगा विजेता रियल म्याड्रिडलाई अंक तालिकामा उछिन्न सकेन ।

यस सिजनका लागि फुटबल पण्डितहरूले निकालेको फाइनल वरियता सूचीमा २५ क्लब टोलीले ठाउँ पाएका छन् । उनीहरूले रियल म्याड्रिडलाई ‘किङ अफ दि कन्टिनेन्ट’ भनेको छन् ।

क्लब फुटबल सिजन २०१६–१७ को समाप्तिमा कुन युरोपेली फुटबल क्लब कति स्थानमा छ ? प्रस्तुत छ, युरोपेली क्लब फुटबलका शीर्ष २० टोली–
२०. लाजियो
१९.आर्सनल
१८. लिभरपुल
१७. सेभिला
१६. म्यानचेस्टर सिटी
१५.म्यानचेस्टर युनाइटेड
१४.आर बी लिप्जिग
१३. रोमा
१२. बेनेफिका
११. टोटेनह्याम
१०.नेपोली
९.बोरुसिया डर्टमण्ड
८.प्यारिस सेन्ट–जर्मैन
७.एट्लेटिको म्याड्रिड
६.चेल्सी
५.बायर्न म्युनिख
४. मोनाको
३.बार्सिलोना
२. युभेन्टस
१. रियल म्याड्रिड

 

Logo