पिएसजीद्वारा आइफेल टावर अगष्ट १० का लागि बुक

पिएसजीद्वारा आइफेल टावर अगष्ट १० का लागि बुक

केन्द्रबिन्दु
0
Shares

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आइफेल टावर अगष्ट १० का लागि बुक गरेको बताइएको छ। सन् २०१७ मा विश्व कीर्तिमानी रकममा नेयमारलाई भित्र्याएको पिएसजीले त्यति बेला ब्राजिलियन नेयमारलाई सार्वजनिक गर्नेक्रममा ३ लाख युरोमा आइफेल टावर भाडामा लिएको थियो।

फेरि पिएसजीले आइफेल टावर बुक गरेको बताइएको छ। जसका कारण बार्सिलोनाका पूर्व कप्तान लियोनल मेस्सीलाई सार्वजनिक गर्नका लागि पिएसजीले आइफेल टावर बुक गरेको अनुमान गरिएको छ। 

केही सञ्चारमाध्यमका अनुसार मेस्सीले पिएसजीमा तीन वर्षको सम्झौता गर्ने सम्भावना छ। उनले नेयमारले भन्दा बार्षिक ५ मिलियन बढी प्राप्त गर्नेछन्। 

नेयमारले ३५ मिलियन पाउँदै आएका छन्। त्यस्तै मेस्सीले भने बार्षिक ४० मिलियन पाउन्ड पाउने बताइएको छ।

Logo