बजाज पल्सर ईपीएलको मुख्य प्रायोजक

बजाज पल्सर ईपीएलको मुख्य प्रायोजक

केन्द्रबिन्दु
0
Shares

असोज ९ गतेदेखि सुरु हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा बजाज पल्सरले मुख्य प्रायोजन गर्ने भएको छ । ईपीएल क्रिकेटलाई बजाजले ‘टाइटल स्पोन्सर’को रुपमा प्रायोजन गरेको हो ।

ईपीएल क्रिकेटले सोमबार बजाज पल्सरको हंशराज हुलासचन्द एण्ड कम्पनीसँग सम्झौता गरेको छ । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्दका अध्यक्ष शेखर गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

साविक विजेता ललितपुर प्याट्रियट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।

Logo