इपीएल क्रिकेटको उपाधि ट्रफी सार्वजनिक

इपीएल क्रिकेटको उपाधि ट्रफी सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

असोज ९ गतेदेखि सुरु हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले पाउने उपाधि ट्रफी सार्वजनिक गरिएको छ । ईपीएल क्रिकेटले सोमबार एक कार्यक्रमको आयोजना गर्दै उपाधि ट्रफी सार्वजनिक गरेको हो । 

इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले ट्रफी सार्वजनिक गरे । प्रतियोगिता असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ ।

Logo