बुस्केट बार्सिलोनाको नयाँ कप्तान

बुस्केट बार्सिलोनाको नयाँ कप्तान

केन्द्रबिन्दु
0
Shares

सर्जियो बुस्केट बार्सिलोनाको नयाँ कप्तान बनेका छन् । लियोनल मेस्सीको बहिर्गमनपछि स्पेनिस क्लब बार्सिलोनाले बुस्केटलाई नयाँ कप्तान नियुक्त गरेको हो । उनले अब मेस्सीको उत्तराधिकारीका रुपमा आर्मब्यान्ड लगाउनेछन् । 

उपकप्तानका रुपमा जेरार्ड पिके, सर्जि रोर्बटो र जोडी अल्बा रहनेछन् । कप्तान बुस्केट र तीनवटै उपकप्तान बार्सिलोनाको युथ एकेडेमी ला–मेसियाका उत्पादन हुन् । 

मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । ला लिगाको आर्थिक नियमका कारण बार्सिलोनाले मेस्सीलाई क्लबमै राख्न असफल भएको हो । पूर्वकप्तान मेस्सी पनि ला–मेसियाकै उत्पादन हुन् । मेसी कप्तान छँदा बुस्केट पिके र सर्जि रोर्बटो उपकप्तान थिए । 

बुस्केट सन् २००५ मा टिनएज खेलाडीको रुपमा बार्सिलोनामा आबद्ध भएका थिए । उनले २००८ देखि निरन्तर सिनियर टिमका लागि खेल्दै आएका छन् । यस्तै बुस्केटले स्पेनको राष्ट्रिय टिमको कप्तानीसमेत गरिसकेका छन् ।

आइतबार युभेन्टसविरुद्ध जोआन गाम्पर ट्रफीमा बुस्केटले बार्सिलोनाको कप्तानी गरे । जुन मेसी बिना बार्सिलोनाले खेलेको पहिलो खेल हो । 
 

Logo