फुटबल प्रशिक्षक अनुशासनको दायराभन्दा बाहिरः किरण राई, पूर्व प्रवक्ता, एन्फा

फुटबल प्रशिक्षक अनुशासनको दायराभन्दा बाहिरः किरण राई, पूर्व प्रवक्ता, एन्फा

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायराभन्दा बाहिर भएको विचार राखेका छन्।

फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई मंगलवार बयान दिएर बाहिर निस्कने क्रममा पूर्व प्रवक्ता राईले प्रशिक्षकको अभिव्यक्ति अनुशासन भन्दा बाहिर भएको बताएका हुन् । 

एन्फामा आफ्नै छानबिन, अनुशासन समिति लगायत विषयलाई समाधान गर्न विधानमा उल्लेख भएअनुसार काम नभएको, तेस्रो पक्षमा छानविन गर्न दिनु गलत नजिर भएको भन्दै पदबाट राईले प्रवक्ताबाट राजीनामा दिएका थिए । 

छानविन समितिले मंगलवार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग पनि बयान लिएको थियो । समितिले घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १४ जनासंग बयान लिने सूची तयार पारेको छ । मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो । 

Logo