मेस्सीले पिएसजीमा जर्सी नम्बर ३० लगाउने

मेस्सीले पिएसजीमा जर्सी नम्बर ३० लगाउने

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा आवद्ध भएका अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले ३० नम्बरको जर्सी लगाउने भएका छन्। तीन वर्षको सम्झौतामा मेस्सी र पिएसजीबिच सहमति भएको हो। 

२१ वर्षपछि स्पेनिस क्लब बार्सिलोनाबाट बिदा भएका मेस्सीले हालसम्म १० नम्बरको जर्सी लगाउँदै आएका थिए। तर पिएसजीमा १० नम्बरको जर्सी नेइमारले लगाउँदै आएका छन्।

नेयमारले १० नम्बर जर्सी दिन तयार भए पनि मेस्सीले नै ३० नम्बरको जर्सी लगाउने निर्णय गरेका हुन्। मेस्सीले नेइमारले गरेको १० नम्बर जर्सीको प्रस्ताव अस्वीकार गरि आफ्नो खेल जीवनको सुरुवाति चरणको ३० नम्बर जर्सी लगाउने निर्णय गरेका हुन्।

मेस्सीले नेयमार आफू भन्दा पहिले पिएसजीमा आएको कारण आफुले जर्सी नम्बर १० नलगाउने बताएका हुन्। मेस्सीले ३० नम्बर जर्सी लगाएको भिडियो सार्वजनिक गरेको छ। 

मेस्सीले बार्सिलोनाबाट डेब्यु गर्दा ३० नम्बरको जर्सी लगाएका थिए। उनले सन् २००६ देखि जर्सी नम्बर १९ लगाएका थिए। सन् २००८ मा रोनाल्डिन्हो बाहिरिएपछि मात्रै मेस्सीले १० नम्बरको जर्सी लगाएका थिए।

Logo