पूर्वकप्तान पारस खड्काको वरीयता सुधार, कुशलको यथावत

पूर्वकप्तान पारस खड्काको वरीयता सुधार, कुशलको यथावत

केन्द्रबिन्दु
0
Shares

आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन्। 

नयाँ वरीयता अनुसार नेपालका पूर्व कप्तान पारस खड्काको वरीयता सुधार भएको छ । पारस ९० औं स्थानमा उक्लिएका छन् । तर, पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन्।

युवा खेलाडी कुशल भुर्तेलको वरीयता यथावत रहेको छ । ब्याटिङ वरीयतामा कुशल ६० औं स्थानमा रहेका छन्। यस अघि उनी ६० औं स्थानमै रहेका थिए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा उक्लिएका छन् । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७७ औं स्थानमा रहेका छन्।

नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता भने यथावत रहेको छ । टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा रहेको छ । नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमै रहेको छ। 

Logo