फिफा वरियतामा नेपालको चार स्थान सुधार

फिफा वरियतामा नेपालको चार स्थान सुधार

केन्द्रबिन्दु
0
Shares

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अगस्ट महिनाका लागि निकालेको पुरुष फुटबल वरियतामा नेपालले चार स्थान सुधार गर्दै १६८ औं स्थानमा पुगेको छ। नेपालले कुल ९७२ अंक बटुल्दै सो वरियता हासिल गरेको हो।

दक्षिण एसियामा यस महिना वरियता सुधार गर्ने नेपाल एक्लो टोलीसमेत हो। साथै दक्षिण एसियाली राष्ट्रतर्फ नेपाल तेस्रो स्थानमा छ। त्यस्तै फिफा वरियताको १०५औं झरेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमै छ। यद्यपि भारत फिफा वरियतामा चार स्थान तल झरेको छ।

त्यस्तै साफ च्याम्पियन माल्दिभ्स पनि दश स्थान तल झर्दै १५८औं स्थानमा छ। माल्दिभ्स दक्षिण एसियातर्फ भने दोस्रो स्थानमा छ। फिफा वरियतामा यथावत रहेको भुटान १८७औं स्थानमा छ। यद्यपि भुटान दक्षिण एसियातर्फ चौथो स्थानमा उक्लिएको छ र बंगलादेशलाई उछिन्न सफल भएको छ।

फिफा वरियतामा आठ स्थान तल झर्न पुगेको बंगलादेश १८८औं स्थानमा छ। दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ। उता हाल फिफाको कारवाहीमा परे तापनि फिफाले निकालेको वरियतामा पाकिस्तान १९८औं स्थानमा छ भने ६ स्थान तल झरेको श्रीलंका फिफा वरियतामा २०५औं स्थानमा छ।

Logo