मैत्रीपूर्ण खेलमा युभेन्ट्स विजयी

मैत्रीपूर्ण खेलमा युभेन्ट्स विजयी

केन्द्रबिन्दु
0
Shares

प्रि–सिजनको मैत्रीपूर्ण खेलमा इटालियन क्लब युभेन्ट्स विजयी भएको छ। शनिबार राति भएको खेलमा घरेलु टोली युभेन्ट्सले सिरी ‘ए’ प्रतिद्वन्द्वी एटलान्टालाई ३–१ ले पराजित गरेको हो।

युभेन्ट्सको जीतमा पाउलो डिबाला, फेडरिको बर्नरडेस्ची र अल्भारो मोराटाले गोल गरे। एटलान्टाका लुइस मुरेलले एक गोल फर्काए। खेलको आठौं मिनेटमा पाउलो डिबालाको गोलबाट युभेन्ट्सले अग्रता लिएको थियो।

१७ औं मिनेटमा लुइस मुरेलले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। ३९औं मिनेटमा फेडरिको बर्नरडेस्चीले तथा ९०औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै युभेन्ट्सलाई जीत दिलाए। यस्तै एसी मिलानले ग्रीसको पानाथिनाइकोसलाई २–१ ले पराजित गरेको छ। मिलानका लागि दुवै गोल न्यु ब्वाय ओलिभर जिरुउडले गोल गरे। पानाथिनाइकोसका फोटिस लोननिडिसले एक गोल फर्काए।

यस्तै अर्काे मैत्रीपूर्ण खेलमा एसएस रोमाले मोरोक्कोको राजा कासाब्लान्कामाथि ५–० को फराकिलो जीत निकालेको छ। रोमाको जीतमा इल्डर सोमुरोडोभ, जियानलुका मान्सिनी, हेनरिक मिख्तरयन, कार्लेस पेरेज र बोर्जा मायोरलले गोल गरे। एकपक्षीय खेलमा पहिलो हाफमा दुई तथा दोस्रो हाफमा ३ गोल निस्किएको थियो। स्पेन, फ्रान्स, इंग्ल्यान्ड र जर्मनीमा नयाँ सिजन सुरु भइसकेको छ। इटालियन सिरी ‘ए’ अर्काे सातादेखि सुरु हुँदैछ।

Logo