त्रिकोणात्मक सिरिज खेल्न नेपाल ओमान प्रस्थान, राष्ट्रिय टोलीमा गुल्सन झाको ‘इन्ट्री’

त्रिकोणात्मक सिरिज खेल्न नेपाल ओमान प्रस्थान, राष्ट्रिय टोलीमा गुल्सन झाको ‘इन्ट्री’

केन्द्रबिन्दु
0
Shares

आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार विहान ओमान प्रस्थान गरेको छ । 

सेप्टेम्बरमा हुन आइसीसी विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली सलाम एयरबाट ओमान प्रस्थान गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजकै लागि गत शनिबार घोषणा गरेको १७ सदस्यीय खेलाडी र पाँच अफिसियललाई आईएमई ट्राभल्स प्रालि ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले विदाई  गरे ।  

१७ सदस्यीय नेपाली टोलीमा रोहित कुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् भने शरद भेषवाकर र विक्रम शोबले टोलीमा पुनरागमन गरेका छन । गुल्सन झाले राष्ट्रिय टोलीबाट पहिलो पटक खेल्ने मौका पाएका छन् ।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २\२ खेल खेल्ने छ । त्रिकोणात्मक सिरिज पूर्व नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग भदौ २० गते र भदौ २३ गरी दुई एक दिवसीय खेल खेल्ने तालिका रहेको छ । ओमानमा नै हुने पिएनजीसँगको खेलपछि नेपाली टोलीले त्रिकोणात्मक सिरिज खेल्नेछ ।

आइसीसी विश्वकप क्रिकेट लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ, जसमा दुई जित, दुई हार बेहोरेको छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ । 

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ भने पिएनजीले ८ खेल खेल्दा खाता खोल्न सकेको छैन। 

Logo