एमबाप्पे अनुबन्धको लागि पीएसजीलाई रियलको प्रस्ताव

एमबाप्पे अनुबन्धको लागि पीएसजीलाई रियलको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

फ्रान्सेली युवा खेलाडी केलियन एमबाप्पे अनुबन्धको लागि रियल मड्रिडले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आधिकारिक प्रस्ताव राखेको छ। 

रियलले एमबाप्पे अनुबन्धका लागि १ सय ३७ मिलियन पाउण्डको प्रस्ताव गरेको डेलीमेलले जनाएको छ । तर, रियलको पहिलो प्रस्ताव पीएसजीले अस्विकार गर्ने सम्भावना रहेकोे छ।

रियलले एमबाप्पे अनुबन्धको लागि निकै प्रयास गरिरहेको छ । पीएसजी भने तत्काल एमबाप्पे नबेच्ने योजनामा रहेको बताइएको छ । पीएसजीसँग एमबाप्पेको सम्झौता अर्को वर्षसम्म रहेको छ। उनले सम्झौता थप गरेका छैनन्।

२२ वर्षीय एमबाप्पेले पीएसजीका लागि यस सिजन ३ खेलमा १ गोल गरिसकेका छन्। एमबाप्पे २०१७ मा मोनाकोबाट पीएसजी आएका थिए। एक सिजन लोनमा खेलेका एमबाप्पे २०१८ मा स्थायी खेलाडीको रुपमा अनुबन्धित भएका थिए। 

पीएसजीका लागि उनले १ सय ७४ खेलमा १ सय ३३ गोल गरेका छन्। विश्वकप विजेता एमबाप्पेले पीएसजीका लागि ३ लिग वन उपाधि जितेका छन्।   

Logo