एनभीए क्लब भलिबल च्याम्पियनसिप असोजमा हुने

एनभीए क्लब भलिबल च्याम्पियनसिप असोजमा हुने

केन्द्रबिन्दु
0
Shares

छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोजमा आयोजना हुने भएको छ । 

नेपाल भलिबल संघले च्याम्पियनसिप असोज १० देखि १६ गतेसम्म हुने जनाएको छ ।
संघले यो प्रतियोगिता एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको छनोट चरणको रुपमा रहेको जनाएको छ । क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ र महिलाको शीर्ष ६ टोलीले क्लब लिगमा स्थान बनाउनेछन्  ।

क्लब लिग भने चैतमा आयोजना हुने संघले जनाएको छ । संघले क्लब च्याम्पियनसिपको पुरस्कार राशीमा वृद्धि गरेर विजेतालाई ४ लाख र उपविजेतालाई २ लाख तथा तेस्रोलाई १ लाख प्रदान गर्नेछ । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउनेछन् ।

संघले प्रतियोगितामा क्लबले तीन विदेशी खेलाडी राख्न पाउने जनाएको छ । यस्तै टिमको सम्पूर्ण खर्च क्लबले व्यहोर्नुपर्ने समेत जनाएको छ । 

 

Logo