‘यूईएफए प्रेसिडेन्ट्स’ अवार्डः एरिक्सनको ज्यान बचाउने कप्तान र मेडिकल टिमलाई

‘यूईएफए प्रेसिडेन्ट्स’ अवार्डः एरिक्सनको ज्यान बचाउने कप्तान र मेडिकल टिमलाई

केन्द्रबिन्दु
0
Shares

युरोकप २०२० फुटबल दौरान हृदयघात भएर मैदानमा लडेका मिडफिल्डर क्रिस्टियन एरिक्सनको ज्यान बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका डेनमार्कका कप्तान सिमोन जायर र मेडिकल टिमलाई ‘यूईएफए प्रेसिडेन्ट्स’ अवार्ड प्रदान गरिएको छ । 

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले २०२१ को अवार्ड एरिक्सनको ज्यान बचाउन योगदान दिने सिमोन र मेडिकल टिमलाई प्रदान गरेको हो ।

गत जुनमा कोपनहेगनमा फिनल्याण्डविरुद्धको खेलमा मिडफिल्डर एरिक्सन हृदयघात भएपछि मैदानमा ढलेका थिए । एरिक्सन मैदानमा लडेपछि कप्तान सिमोनले मेडिकल टिम बोलाउँदै मैदानको स्थिति नियन्त्रण गरेका थिए ।

मेडिकल टिमले २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिएको थियो, जसको कारण उनको ज्यान बचेको थियो । 

अहिले एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) जडान गरिएको छ । एरिक्सन व्यवसायिक खेलका लागि मैदान फर्किएका छैनन्  ।

Logo