तीन ठूला फ्रेन्चाईज लिग गुमाएका सन्दीपले बिग बास खेल्ने

तीन ठूला फ्रेन्चाईज लिग गुमाएका सन्दीपले बिग बास खेल्ने

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय तीन ठूला फ्रेन्चाईज लिग गुमाएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन्। सन्दीपले अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनका लागि सम्झौता नवीकरण गरिएको जनाएको छ। 

होबार्टले पहिलो अन्तर्राष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरिएको जनाएको छ । सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए। 

सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन्।

सन्दीपले यस सिजनको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएको समेत बताएका छन् । बिग बासको नयाँ सिजन आगामी डिसेम्बर ५ देखि २०२२ को जनवरी २८ सम्म हुने तालिका रहेको छ।

सन्दीपले पछिलो समय भिषा समस्याको कारण इंग्ल्यान्डको द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए। यस्तै नेपाली टिमको खेलका कारण सन्दीपले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी पनि खेल्ने छैनन्। 

सन्दीप हाल नेपाली राष्ट्रिय टिमसँग ओमानमा रहेका छन्। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन्।

Logo