सि डिभिजन छनोटः उद्घाटन खेलमा सतासीधाम र च्याम्पियन ब्वाइज बराबरीमा रोकिए

सि डिभिजन छनोटः उद्घाटन खेलमा सतासीधाम र च्याम्पियन ब्वाइज बराबरीमा रोकिए

केन्द्रबिन्दु
0
Shares

सि डिभिजन लिगको छनोट खेल अन्तर्गत बिहीबार भएको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ क्लबले च्याम्पियन ब्वाइज एफसीसँग बराबरी खलेको छ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा बिहीबार भएको उद्घाटन खेलमा सतासीधाम र च्याम्पियनले २–२ को बराबरी खेल्दै अंक बाँड्दा दिनको दोस्रो खेलमा एफसीएसले गोदावरीलाई ३–२ ले पराजित गर्दै सुखद सुरुआत गरेको छ।

सतासीधामका लागि मनिष लिम्बु र मिलन परियारले एक/एक गोल गर्दा च्याम्पियनका थिरा राज राई र रञ्जन मगरले एक एक गोल आफ्नो नाममा लेखाएका थिए। दिनको दोस्रो खेलमा एफसीएसलाई जित दिलाउन नेत्र हिउमिन, समिर गुरुङ र सन्त लाल गुरुङले गर्दा गोदावरीका लागि कुशल महर्जन र मिलन तामाङले एक एक गोल गरेका थिए।  

आयोजक एन्फाले एक कार्यक्रमको आयोजना गरी सि डिभिजन छनोट खेल शुभारम्भ गरेको हो। जस अन्तर्गत आज दुई टोली आमने सामने भएका हुन्। सि डिभिजन लिगका लागि देशैभरबाट कुल ७८ क्लबले सहभागिता जनाउँदै छन्। यस अघि एन्फाले ७९ क्लबले छनोट खेल्ने जनाए पछि शुक्रबार काठमाडौं युनाइटेड क्लबले नाम फिर्ता लिँदा प्रतिस्पर्धी टोलीको संख्या ७८ पुगेको हो । एन्फाले सहभागि टोलीलाई १५ समूहमा विभाजन गरेको छ।

छनोटमा सर्वाधिक धेरै टिम बागमती प्रदेशको रहेको छ। बागमतीबाट ६१ क्लब, प्रदेश १ बाट ७ र अन्य प्रदेशबाट २/२ टिम सहभागी भएको एन्फाले जनाएको छ। छनोटबाट तीन टोली सि डिभिजनमा बढुवा हुनेछन्।

Logo