मुलर र हालाण्डलाई पछि पार्दै लेवान्डोस्कीले पाए ‘फुटबलर अफ द इयर’ अवार्ड

मुलर र हालाण्डलाई पछि पार्दै लेवान्डोस्कीले पाए ‘फुटबलर अफ द इयर’ अवार्ड

केन्द्रबिन्दु
0
Shares

पोलिस तथा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जर्मनी फुटबलर अफ द इयर अवार्ड पाएका छन्। फुटबल म्यागजिन किकरले शनिबार लेवान्डोस्कीलाई जर्मनी फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो। 

जर्मन बुन्डेसलिगा अन्तर्गत बायर्न र हेर्था बर्लीनबीचको खेल अघि उनलाई अवार्ड प्रदान गरिएको हो। लेवान्डोस्कीले ह्याट्रिक गरेपछि उक्त खेलमा बायर्नले बर्लीनलाई ५–० गोल अन्तरले पराजित गरेको थियो। 

जर्मनीको खेल पत्रकारहरुको भोटका आधारमा लेवान्डोस्की वर्ष खेलाडी चुनिएका हुन् । ३३ वर्षीय लेवान्डोस्कीले थोमस मुलर र अर्लिङ हालाण्डलाई पछि पार्दै अवार्ड जितेका हुन् । उनले ३५६ भोट पाएका थिए । मुलरले ४१ र हालाण्डले ३८ भोट पाएका थिए।

गत सिजन जर्मन बुन्डेसलिगा फुटबलमा लेवान्डोस्की सर्वाधिक गोलकर्ता बनेका थिए । च्याम्पियन टिम बायर्नका लेवान्डोस्कीले ४१ गोल गरेका थिए । लेवान्डोस्कीले एकै सिजन बुन्डेसलिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान समेत बनाएका थिए।

लेवान्डोस्कीले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका हुन् । मुलरले सन् १९७१/७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए।

Logo