पिएसजीबाट मेस्सीले आज डेब्यु गर्ने

पिएसजीबाट मेस्सीले आज डेब्यु गर्ने

केन्द्रबिन्दु
0
Shares

अर्जेन्टिनाका स्टार फरवार्ड लियोनल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आज डेब्यु गर्ने भएका छन्। पिएसजीले लिगको चौथो खेलमा आज राइम्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १२ः३० बजे हुनेछ।

प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सी पहिलो पटक पिएसजीको टोलीमा हुने पक्का गरेका छन्। तर उनी सुरुवातबाट खेल्छन् वा बेन्चमा रहन्छन् भन्ने यकिन भएको छैन। टोलीका अर्का फरवार्ड माउरो इकार्डी घाइते भएका कारण मेस्सीले सुरुवाती रोजाइमा खेल्ने सम्भावना पनि छ।

अगस्ट १० मा अनुबन्धित भएका मेस्सीले हालसम्म पिएसजीका कुनै खेलमा स्थान बनाएका छैनन् । म्याच फिटनेस नभएका कारण उनलाई तयार हुन समय दिइएको प्रशिक्षक पोचेटिनोले बताउँदै आएका छन् । मेस्सीसँगै नेयमार र किलियन एमबाप्पे पनि टोलीमा समेटिएका छन् । पिएसजीमा पहिलो पटक तीनै स्टार एकसाथ मैदानमा देखिने सम्भावना पनि रहेको छ।

राइम्सविरुद्ध गत सिजन पिएसजीले दुवै खेलमा सहज जित हासिल गरेको थियो । राइम्सले यस सिजन खेलेका तीनै खेलमा बराबरी खेल्दै ३ अंक जोडेको छ। पिएसजी भने ९ अंकसहित शीर्ष स्थानमा छ।

Logo