इंग्लिस प्रिमियर लिगः लगातार तेस्रो जीतसँगै टोटनहम शीर्ष स्थानमा

इंग्लिस प्रिमियर लिगः लगातार तेस्रो जीतसँगै टोटनहम शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा टोटेनहमले लगातार तेस्रो जीत निकालेको छ।

आइतबार घरेलु मैदानमा भएको खेलमा वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै टोटेनहमले लगातार तेस्रो जीत निकालेको हो।  

टोटेनहमलाई जीत दिलाउन एक मात्र निर्णायक गोल ह्युङ मिन सनले  गरे। सनले खेलको ४२औँ मिनेटमा फ्रि किकबाट गोल गरेका थिए। 

बाँकी समय दुवै टोलीले गोलको प्रयास गरे पनि सदुपयोग गर्न सकेनन्। 

जीतसँगै टोटेनहम लिगको शीर्ष स्थानमा उक्लिएको छ। टोटेनहमले ३ खेलमा शतप्रतिशत जीतसहित ९ अंक जोडेको छ। पराजित वाट्फोर्डले ३ खेलमा ३ अंक जोडेको छ।

एकै समय भएको अर्को खेलमा बर्नली र लिड्स युनाइटेडले १-१ गोलको बराबरी खेले। बर्नलीका क्रिस उडले गोल गरे। लिड्सका प्याट्रिक बामफोर्डले बराबरी गोल फर्काए।न्युज कारखानाबाट

Logo