पारालिम्पिक खेल्न जापान पुगेकी पलेशाले सुरु गरिन् अभ्यास

पारालिम्पिक खेल्न जापान पुगेकी पलेशाले सुरु गरिन् अभ्यास

केन्द्रबिन्दु
0
Shares

जारी टोकियो पारालिम्पिक खेलकुदमा सहभागिता जनाउन जापान पुगेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रशिक्षण सुरु गरेकी छिन्। टोकियो पुगेर क्वारेन्टाइनको समय पूरा गर्दै पलेशाले आइतबार मिगुरो चोउ जिम्नासियममा अभ्याससत्र सुरु गरेको तेक्वान्दो संघले जनाएको छ। 

पलेशाले मुख्य प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टसँग अभ्यास थालेकी हुन्। पलेशाले ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन्। 

पारालिम्पिकमा सहभागिता जनाउन १ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली टोकियोमा छन्। पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी भएका छन्।

Logo