टोकियो पारालिम्पिकः १०८ पदकसहित चीन शीर्ष स्थानमा

टोकियो पारालिम्पिकः १०८ पदकसहित चीन शीर्ष स्थानमा

केन्द्रबिन्दु
0
Shares

जापानको राजधानी टोकियोमा जारी पारालिम्पिक २०२० खेलकूदमा चीन १०८ पदकसहित शीर्ष स्थानमा रहेको छ। पारालिम्पिकको छैठौं दिन आज सोमबार मध्यान्हसम्म रसियन पारालिम्पिक कमिटीसहित ४७ राष्ट्रले स्वर्ण पदक जितेको छ। 

हालसम्म चीनले ४८ स्वर्ण, ३१ रजत र २९ कास्य पदकसहित कुल १०८ पदक प्राप्त गर्दै शिर्ष स्थानमा रहेको छ । गेट ब्रिटेन दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन्। गेट ब्रिटेनले २५ स्वर्ण, १९ रजत र २० कास्य पदक गरी कुल ६४ पदक प्राप्त गरेको छ भने अमेरिकाले १६ स्वर्ण, १७ रजत र १० कास्य गरी ४३ पदक प्राप्त गर्न सफल भएको छ। 

रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । आरओसीले १५ स्वर्ण, ११ रजत र २८ कास्य पदक गरी कुल ५४ पदक प्राप्त गरेको छ। युक्रेन १२ स्वर्ण, २४ रजत र १२ कास्य पदकसहित पाँचौँ स्थानमा छ ।  

यसैगरी ब्राजिल ११ स्वर्ण, ५ रजत र १५ कास्य पदक प्राप्त गर्दै छैटौँ स्थानमा छ । नेदरल्याण्ड नौ स्वर्ण, ७ रजत र ५ कास्यसहित सातौँ, अजरवैजान नौ स्वर्ण र ४ कास्यका साथ आठौँँ, अष्ट्रेलिया ८ स्वर्ण, १६ रजत र १३ कास्य जित्दै नवौँ तथा इटाली आठ स्वर्ण, १० रजत र ११ कास्यका साथ पदक तालिकाको १० औँ स्थानमा रहेको टोकियो पारालिम्पिकको वेभसाइटमा उल्लेख छ। 

यस्तै स्पेनले ६ स्वर्ण तथा उज्वेकिस्तानले ५ स्वर्ण हात पार्दा फ्रान्स, जापान, इरान र बेलारुसले समान ४–४ स्वर्ण पदक हात पारेको छ। त्यस्तै पोलाण्ड, हंगेरी, इजरायल, मेक्सिको र नाइजेरियाले समान ३–३ स्वर्ण पदक जितेका छन् भने ११ राष्ट्रले दुई–दुई स्वर्ण हात पारेका छन् । एउटा स्वर्ण पदक जित्ने राष्ट्रको संख्या भने १५ रहेको छ। 

ओलम्पिक समापन समारोहको १६ दिनपछि जापानले टोकियो पारालिम्पिक २०२० आयोजना गरिरहेको छ । अन्तर्राष्ट्रिय पारालिम्पिक कमिटी (आईपीसी) का अनुसार अगस्ट २४ देखि सेप्टेम्बर ५ सम्म हुने टोकियो पारालिम्पिकमा ४ हजार ४ सय ३ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। 

जसमा २ हजार ५ सय ५० जना पुरुष खेलाडी र १ हजार ८ सय ५३ जना महिला खेलाडीहरु सहभागी छन्। यसपटक १ सय ६२ राष्ट्रका खेलाडीले ५ सय ३९ पदकको लागि प्रतिस्पर्धा गर्नेछन्। टोकियो पारालिम्पिकमा २२ खेल समावेश गरिएको छ।

Logo