टोकियो पारालिम्पिकः नेपालकी पलेशाले बेलायतकी बेथसँग खेल्ने

टोकियो पारालिम्पिकः नेपालकी पलेशाले बेलायतकी बेथसँग खेल्ने

केन्द्रबिन्दु
0
Shares

टोकियो पारालिम्पिक २०२० मा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो चरणमा बेलायतकी बेथ मुनरोसँग खेल्ने भएकी छिन्। 

पलेशाले शुक्रबार विहानबाट आफ्नो प्रतिस्पर्धा थाल्नेछिन्। विहान सुरु हुने प्रतिस्पर्धाको त्यसै दिन बेलुका फाइनल हुनेछ।

महिलाको ४४ विधाको ५८ केजी तौल समूहमा उनले प्रि–क्वाटरफाइनलमा खेल सुरु गर्दैछिन्। कुल ११ खेलाडीले प्रतिस्पर्धा गर्ने यस तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाइनलमा स्थान बनाएका छन्। 

पलेशाले यसअघि एसियन च्याम्पियनसिपमा कास्य र विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन्। उनले कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पारालिम्पिक छनोट खेल्न पाएकी थिइनन्। तर पछि वाइल्डकार्डमा नाम परेपछि उनको यात्रा तय भएको थियो।

Logo