बीसीसीआईले गर्यो आईपीएलमा टिम संख्या थप्ने निर्णय

बीसीसीआईले गर्यो आईपीएलमा टिम संख्या थप्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी टिमको संख्या थप गर्ने निर्णय गरेको छ ।

बीसीसीआईले दुई टिम थप्दै १० टिम बनाउने निर्णय गरेको हो ।

यस क्रममा बीसीसीआईले दुई फ्रेन्चाईज टिमका लागि दरखास्त आह्वानसमेत गरेको छ । आईपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । तर, सन् २०२२ बाट १० टोलीले सहभागिता जनाउने छन् ।

कोरोना महामारीको कारण रोकिएको यस संस्करणको आईपीएलको बाँकी खेल सेप्टेम्बर १९ बाट सुरु हुनेछ । युएईमा आयोजना हुने आईपीएलको फाइनल खेल अक्टोबर १५ मा हुने बीसीसीआईले जनाएको छ ।

प्रतियोगितामा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा रहेको छ । दिल्लीले ८ खेलमा १२ अंक जोडेको छ । यस्तै चेन्नई दोस्रो र बैंगलोर तेस्रो स्थानमा रहेको छ ।

Logo