नेपाल र भारतबीचको खेलमा दर्शकलाई अनुमति

नेपाल र भारतबीचको खेलमा दर्शकलाई अनुमति

केन्द्रबिन्दु
0
Shares

नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल हेर्न दर्शकलाई अनुमति दिइने भएको छ । 

एन्फालाई स्वास्थ्यको प्रोटोकल पालना गर्दै दर्शकसहितको खेल आयोजना गर्न सरकारले अनुमति दिएको हो । 

५१ सय दर्शकलाई अनुमति पाइएको एन्फाले जनाएको छ । तर त्यसका लागि भने दर्शकले केही शर्त पूरा गरेको हुनुपर्ने बताइएको छ । खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ । 

सरकारले तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरी तयारी भइरहेको बताइएको छ ।

दर्शक प्रवेशका लागि रंगशालाका पाँच वटा गेट प्रयोग गरिने भएको छ । टिकट अनलाइनबाट किन्न सकिनेछ । टिकट मूल्य साँझसम्म टुंगो लाग्ने एन्फाले जनाएको छ ।

नेपालले भारतसँग भोलि (बिहीबार) पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल ५ः३० बजे सुरु हुनेछ । यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ  ।

नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुन लागेको हो । सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।

 

Logo