रियलको प्रस्ताव नकारेपछि एमबाप्पे पिएसजीमै रहने

रियलको प्रस्ताव नकारेपछि एमबाप्पे पिएसजीमै रहने

केन्द्रबिन्दु
0
Shares

फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे पिएसजीमै रहने पक्का भएको छ ।

उनका लागि रियल म्याड्रिडले ट्रान्सफर विन्डोको अन्तिम दिन २ सय २० मिलियनको प्रस्ताव राखेपनि पेरिस सेन्ट जर्मन (पिएसजी) ले त्यसलाई जवाफ नफर्काएपछि पिएसजीमै रहने पक्का भएको हो ।

विश्वकप जितिसकेका २२ वर्षे फरवार्डलाई यसै सिजन क्लबबाट खेलाउने लक्ष्यका साथ रियलले यसअघिको भन्दा बढी प्रस्तावित रकम बढाएको थियो । 

पिएसजीसँगको सम्झौताको अन्तिम सिजनमा रहेका एमबाप्पेलाई रियलले मोटो रकमको प्रस्ताव राखेपनि पिएसजीले पटक पटक अस्वीकार गरेको हो । पिएसजीले एमबाप्पलेलाई क्लबमै राख्न चाहिरहेको छ ।

रियलले यसअघि दुई पटक गरेको प्रस्ताव पनि पिएसजीले नकारेको थियो । अघिल्लो साता १ सय ६० मिलियन युरो र यसै साता १० मिलियन युरो थपेर रियलले प्रस्ताव गरेको थियो । तर, पिएसजीले दुवैमा सकारात्मक प्रतिक्रिया दिएन ।

पिएसजीले कुनै हालतमा एमबाप्पेलाई विक्री नगर्ने बताएको थियो । तर एमबाप्पेले आग्रह गरेपछि पिएसजीले रियलले आफ्नो सर्त मानेमात्र विक्री गर्ने अडान राखेको थियो ।

एमबाप्पे पिएसजीमा रहने पक्का भएसँगै फ्रान्सेली टोलीको आक्रमण निकै बलियो हुने भएको छ ।

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीको आगमन र ब्राजिलियन फरवार्ड नेयमारसँग एमबाप्पेको साझेदारी निसंकोच विश्वकै उत्कृष्टमा पर्नेछ ।

Logo