फातीले मेस्सीको १० नम्बर जर्सी लगाउने

फातीले मेस्सीको १० नम्बर जर्सी लगाउने

केन्द्रबिन्दु
0
Shares

फुटबल स्टार लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि खाली भएको जर्सी नम्बर १० युवा विंगर अन्सु फातीले लगाउने भएका छन् । 

बार्सिलोनाले सामाजिक सञ्जालमा भिडियो राख्दै फातीले १० नम्बर जर्सी लगाउने पक्का गरेको हो । 

घुँडाको चोटका कारण उनी झन्डै ८ महिनादेखि मैदान बाहिर रहँदै आएका थिए । स्पेनिस राष्ट्रिय टोलीबाट समेत खेलिसकेका फाती गत साताबाट मात्र अन्य खेलाडीसँग प्रशिक्षणमा सामेल भएका थिए । 

चोटबाट मुक्त भएपछि १८ वर्षीय उनी पुनरागमनको अन्तिम तयारीका क्रममा रहेका छन् ।

बार्सिलोनाले फाती सेप्टेम्बरको मध्यसम्ममा मैदान फर्कने अपेक्षा गरेको छ । सन् २०२० को नोभेम्बरमा बायाँ घुँडामा चोट लागेपछि उपचार र रिह्याबका क्रममा पटक पटक उनलाई पुनरागमनमा समस्या भएको थियो । 

चोटकै कारण उनले युरोपेली च्याम्पियनसिप र टोकियो २०२० ओलम्पिक पनि गुमाएका थिए । डेब्यु खेलदेिख नै बार्सिलोनामा राम्रो प्रभाव छाड्न सफल फातीलाई बार्सिलोनाको भविष्यको रुपमा हेरिएको छ ।  

Logo