आमाको प्रेरणाले म फुटबलमा आएको हुँः सुनिल क्षेत्री, भारतीय कप्तान

आमाको प्रेरणाले म फुटबलमा आएको हुँः सुनिल क्षेत्री, भारतीय कप्तान

केन्द्रबिन्दु
0
Shares

भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले आमाको प्रेरणाले आफू फुटबलमा आएको बताएका छन्।

नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेल अघि भएको पत्रकार सम्मेलनको क्रममा विषेशष् प्रशंसगमा सुनिलले आमाको प्रेरणाले आपूm फुटबल जोडिएको बताएका हुन्। आमाको स्पोर्टस कल्चरबाट फुटबलमा लाग्ने वातावरण मिलेको उनको भनाइ थियो। 

पिताको सिपाही जागिरको सिलसिलामा भारतमा नै हुर्किएका सुनिलले भारतीय राष्ट्रिय टोलीबाट फुटबल खेल्दै आएका छन्। उनका नातेदार नेपाल झापा, पोखरा र काठमाडौंमा छन्। फुटबल खेल सकिएपछि मिलेको खण्डमा नेपालमा भएका आफन्तलाई भेट्न कोशिस गर्ने बताएका छन्।

भारत देशको भए पनि सुनिल नेपाल राम्रोसँग बोल्न सक्छन् र नेपालप्रति उनको बेग्लै माया छ।

Logo