स्कटल्याण्डमाथि डेनमार्कको सहज जीत

स्कटल्याण्डमाथि डेनमार्कको सहज जीत

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोट खेलमा डेनमार्कले सहज जीत निकालेको छ। बुधबार राति भएको खेलमा डेनमार्कले स्कटल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको हो।

डेनमार्कलाई जीत दिलाउन डानिएल वास र जोकिम माहेलले एक,  एक गोल गरे । खेलको १४ औं मिनेटमा डानिएलले गोल गर्दै डेनमार्कलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको १५ औं मिनेटमा माहेलले गोल गर्दै डेनमार्कको जीत सुनिश्चित गरे।

जीतसँगै डेनमार्कले ४ खेलमा १२ अंक जोडेको छ। डेनमार्क समूह ‘एफ’ को शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्ड ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

Logo