भर्चुअल १० औं कोरियन एम्बासडर तेक्वान्दो भोलिदेखि

भर्चुअल १० औं कोरियन एम्बासडर तेक्वान्दो भोलिदेखि

केन्द्रबिन्दु
0
Shares

नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । 

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानु चन्दले जनाए । 

प्रतियोगितामा ३ सय ९० पुरुष र २ सय ३ महिला खेलाडीले सहभागिता जनाउने छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुम्सेमा पदक जितेका प्रायः सबै खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

तीनदिने प्रतियोगितामा कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । व्यक्तिगत स्पर्धाको पुरुष\महिलामा ६–६ गरी १२, पेयर र टिममा समान ६–६ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा समान १–१ गरी २ सहित कुल २६ स्पर्धा समावेश छन् ।

विगतमा भौतिक रुपमा प्रतियोगिता आयोजना हुँदै आएकोमा कोरोनो भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनगर गरी भर्चुअल रुपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

Logo