प्रहरीका ५२ खेलाडीद्वारा आधारभूत तालिम सम्पन्न

प्रहरीका ५२ खेलाडीद्वारा आधारभूत तालिम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेपाल पुलिस क्लबका विभिन्न खेलका ५२ जना खेलाडीले प्रहरी जवान आधारभूत नौ महिना तालिम सम्पन्न गरेका छन् । 

नेपाल प्रहरीको राष्ट्रिय एकेडेमी महराजगञ्जमा मंगलबार आधारभूत तालिम सम्पन्न भएको हो ।

कोरोना समयमा खेल नभएको अवसरको सदुपयोग गर्दै पुलिसले खेलाडीलाई आधारभूत तालिम दिएको हो । योसँगै खेलाडीलाई नेपाल प्रहरीको सेवा सुविधा वृद्धि र पदोन्नतीको लागि अगाडिका सबै बाटोहरु खुलेका छन् । 

नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित खेलाडीहरुले उक्त तालिम गरेका थिए । तालिममा भारत्तोलनको ६, पुरुष भलिबल ७, महिला भलिबल ६, पुरुष फुटबल ७ र महिला फुटबल ८ खेलाडी थिए । 

त्यस्तै, जुडोबाट ३, कराँते २, टेबलटेनिस र उसु ४–४ खेलाडी थिए । महिला कबड्डी, एथ्लेटिक्स, ब्याडमिन्टन, बक्सिङ र क्रिकेटका एक एक खेलाडी तालिममा सहभागी थिए ।

तेह्रौं सागमा नेपालले जितेका कुल ५१ स्वर्णमध्ये नेपाल प्रहरीले १६ स्वर्ण पदक जितेको थियो । आधारभूत तालिमको कारण महिला भलिबलका तीन खेलाडी कामना विष्ट, शान्तिकला तामाङ र पुनम चन्दलाई पुलिसले राष्ट्रिय प्रशिक्षणमा पठाएको थिएन ।

तालिम अन्तिम चरणमा पुगेको हुँदा प्रशिक्षणमा नपठाउने निर्णय लिएको थियो ।

Logo