युनाइटेडमा रोनाल्डोले ७ नम्बर जर्सी लगाउने

युनाइटेडमा रोनाल्डोले ७ नम्बर जर्सी लगाउने

केन्द्रबिन्दु
0
Shares

पोर्चुगलका ३६ वर्षीय स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छन्। युनाइटेडले १२ वर्षपछि क्लब फर्किएका रोनाल्डोलाई ७ नम्बरको जर्सी दिएको हो।

यसअघि एडिन्सन काभानीले ७ नम्बरको जर्सी लगाउँदै आएका थिए। अब काभानीले २१ नम्बरको जर्सी लगाउने भएका छन्। रोनाल्डोले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन्।

यस्तै रोनाल्डोलाई सम्झौता थप गर्ने विकल्प दिइएको समेत युनाइटेडले जनाएको छ। यस अघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए। उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए।

त्यस समय उनले युनाइटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए। पाँच पटकको बालोन डी’ ओर विजेता रोनाल्डो इंग्लिस क्लब छाडेर स्पेनिस क्लब रियल मड्रिड गएका थिए। 

रोनाल्डो २००९ मा स्पेनिस क्लब आएका थिए। रियलमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए।

Logo